• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डिआइजीलाई चक्कु ताकेपछि...

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ११:५४
1140x725

काठमाडाैं- शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए। चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए।

प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे। महिला आश्रममा जान मानिनन्। उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन्। नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे। महिलाले भनिन्, 'भोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस्।' यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो। 

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन्। 'म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु', उनी चक्कु ताक्दै घुम्न थालिन्। अश्लिल शब्दसमेत प्रयोग गरिन्। सामुन्ने रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे। एकछिन त सबै अक्क न बक्क भए। 
 
गाडीमा बसिसकेका श्रीमान्‌लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन्। अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन्। घर धादिङको नौबिसे बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो। स्थानीयका अनुसार यो दम्पति दिउँसोमा विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने मध्यका प्रमुख हुन्।

शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन्। टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राती नै उद्धार गरियो। स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए। यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए।

सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन्। काठमाडौँको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन्। अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदूरी गरेर राति सडकमा बस्नेहरु छन्। यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ।

Ncell 2
Ncell 2

डिआइजी पोखरेले यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ त्यसका लागि प्रहरी तयार रहेको बताए। कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नावय महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई सङ्केत गर्दै भने, 'मानव हुनुको अर्थ तपाईँहरुको सेवामा देख्छु म, एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कष्ट भुलेर अभियान चलाउनुभएको छ।' उनले मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए।

शुक्रबार राति काठमाडौँका सडकबाट मात्रै ३८ जनाको उद्वार भयो। सबै मदिरा खाएका र पेशेबर मगन्ते मात्रै थिए। कालीमाटीको सडकमा विगतमा बोरो ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए। उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो। विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

सडकमा बसेर नमाग्न प्रचार अभियान सुरु
सडकमा बसेकाहरुको उद्धार अभियानका कारण पछिल्लो समयमा राति सडकमा बस्नेहरु न्यून बन्दै गएका छन्। बेसहाराहरु भेटिएका छैनन्। तर, पेशेबर मगन्ते र मदिरा खाएर सडकमा बस्नेहरु अझै भेटिँदै छन्।  उनीहरुलाई बालाजुस्थित अस्थायी आवास केन्द्रमा राखिएको छ। कतिपयको घर परिवार फेला पारेर बुझाउने गरिएको छ भने नभेटिएकालाई केन्द्रमा राखेर परामर्श दिने काम जारी छ। 

अझै बिहान, दिउँसोमा सडक र मन्दिर छेउमा बसेर माग्नेहरु प्रशस्तै छन्। काठमाडौँमा त्यसलाई निरुतसाहित गर्न आजबाट माइकिङ गरेर उनीहरुलाई नबस्न अनुरोध गरिएको काठमाडौँको सडक मानवमुक्त अभियान कार्यान्वयन उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले बताइन्। आज यहाँको सङ्कटा, भद्रकालीलगायत आसपासका मन्दिरमा पुगेर सबैलाई नबस्न अनुरोध गरिएको छ। पहिलो चरणमा आग्रह गरिने र त्यसपछि अटेर गर्नेलाई उठाउने तयारी महानगरको छ। 

यही मंसिर २९ गते महानगरले काठमाडौँलाई सडक मानव मुक्त बनाउने अभियान घोषणा गरेको हो। आगामी तीन महिनासम्म उद्वार तथा व्यवस्थापन अभियान चलाउने योजनाअनुसार दुई हस्तादेखि कार्यक्रम जारी छ। अहिलेसम्म ३६० भन्दा बढीको उद्वार भइसकेको छ। कतिपयलाई परिवार खोजेर पठाइएको छ भने धेरै अझै केन्द्रमा छन्। रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष शनिबार, पुस २६, २०८२
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते शनिबार, पुस २६, २०८२
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्