काठमाडाैं- अकुपाई टुँडिखेल अभियानमा प्रहरी अवरोध गरेको छ। सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रममा प्रहरीले अवराेध गरेकाे हाे।
रंग लगाउन उपस्थित कलाकारहरूलाई प्रहरीले सो कार्यका लागि अनुमति नभएको भन्दै रंगरोगन नगर्न निर्देशन दिएको अभियन्ताहरुले बताएका छन्। रंग लगाउन पुगेका कलाकार, अभियानकर्मी र अभियानका समर्थकहरूले प्रहरी हस्तक्षेपको विरोध गरेका छन्।
.jpg)
सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा अभियानअन्तर्गत शनिबार टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्ने कार्यक्रम थियो। सांस्कृतिक, प्राकृतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिएको भन्दै कार्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ अकुपाई टुँडिखेल अभियान सुरु गरिएको थियो।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।