काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको छ।
बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम् तापक्रम ० दशमलब ६ डिग्री सेल्सियस मापन गरिएकाे महाशाखाले जनाएकाे छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो ।
काठमाडौ उपत्यकासहित देशका धेरैजसो भागमा हुस्सु र कुहिरो लागेको छ। तराईका अधिकांश भेगमा अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ।
यस्ताे छ आगामी तीन दिनकाे मौसम पूर्वानुमान
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।