• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

धनगढीमा क्रिकेटको क्रेज : डिपिएलले थप्दैछ रौनकता

64x64
नेपाल लाइभ शनिबार, चैत १०, २०७४  १३:०६
1140x725

सिद्धराज भट्ट (धनगढी) - क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ ।
 
पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित गर्दै क्रिकेट खेल्ने र हेर्ने दर्शक पनि बढाइदिएको छ ।  “चार दिवसीय वा पाँच दिवसीय क्रिकेट प्रतियोगिता हुने समयमा यस्तो धारणा समाजमा थियो”, पूर्वक्रिकेटर धरम खड्काले भने, “एक दिवसीय र २०÷२० खेल खेल्ने चलनसँगै यो धारणा अब पुरानो भइसकेको छ ।” 
   
खड्काले अप्रत्यक्ष रुपमा भए पनि क्रिकेटको प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले धनगढीको वनदेवी रोडमा सञ्चालन गरेको ‘द क्रिकेट क्लासिक होटेल’मा प्रवेश गर्दा त्यहाँका टेबल, क्याविन र सुत्ने कोठा क्रिकेटको अवधारणमा तयार पारिएको देख्न सकिन्छ । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा खेलका प्रतियोगिता आयोजना हुने क्रम बढ्दै गएका छन् । हालै कैलालीको अत्तरियामा सर्वाधिक धनराशि पुरस्कार भएको महिला क्रिकेट प्रतियोगिता तथा क्लब र विद्यालयस्तरीय थुप्रै प्रतियोगिता सम्पन्न भइसकेका छन् ।  
 
कतिपय विद्यालयले  आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट प्रतियोगितालाई छनोट गर्दै यसका लागि प्रशिक्षक राखेकाले आगामी दिनमा क्रिकेटको व्यावसायिक थलोसमेत धनगढी बन्ने सम्भावना बढेको छ।  क्रिकेटको विकास र बिस्तारका लागि धनगढी र खास गरी प्रदेश नं ७ का बिभिन्न जिल्लामा एक दर्जन बढी क्रिकेट एकेडेमीसमेत सञ्चालनमा आइसकेको छ।  खेल व्यावसायिक रुपमा अघि बढ्न सक्ने सम्भावना रहेको खेलप्रेमी चेतराज ओझा बताउछन्।   

क्रिकेटप्रति बढेको आकर्षणसँगै टोलैपिच्छेका बालबालिका र  विद्यालयका छात्रछात्रा फुर्सदको समयमा आफ्नो घर वरिपरिको खाली चौर, बाटो र खेतमा क्रिकेट खेल्न तम्सिएका देखिन्छन् । धनगढी नगरपरिषद्को बैठकले पनि दुई वर्षअघि धनगढीलाई क्रिकेटको शहरका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रदेश नं ७ क्रिकेटको उर्वरभूमि

क्रिकेटको उर्वरभूमि मानिने प्रदेश नं ७ ले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ । 
  
सो क्षेत्रले भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिं ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललितसिं भण्डारी, दिलीपनाथलगायत क्रिकेट खेलाडी जन्माइसकेको छ । यस्तै ‘अण्डर १९’ टोलीमा सहभागी हुने भीम सार्की, सन्दीप जोरा, सुबोध ऐरलगायत खेलाडी यसै प्रदेशका हुन् । 

nimb
nimb
Ncell 2
Ncell 2

डिपिएलको तयारी

क्रिकेटको शहर धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको देशकै सर्वाधिक धनराशि पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)को तयारी हुँदैछ । सो प्रतियोगितामा भाग लिने सबै समूहमा खेलाडीको ‘अक्शन’ गर्ने काम पूरा भइसकेको छ भने मैदान तथा कालोपत्र तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । 
    
धनगढी उपमहानगरपालिका–३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ‘ड्रिम फाप्ला’ अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ । “ड्रिम फाप्लामा पुग्ने सिंढी नै डिपिएल हो”, डिपिएलका आयोजक एवं धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले भन्नुभयो, “यसबाट फाप्ला मैदानलाई क्रिकेटको अन्तर्राष्ट्रिय मैदान बनाउन सरकारका निकायमा दवाव पुगेको महसुस भएको छ ।”  एक वर्षअघि ‘ड्रिम फाप्ला’ अभियानको नेतृत्व गरेका शाही भन्छन्, “सबैको उत्साह देखेर हामीले ड्रिम फाप्लाको सपना देखेका थियौँ, यो अभियान सफलतामा पुगिछाड्ने छ ।” 
क्रिकेटका गतिविधि बढ्दै गए पनि यस क्षेत्रमा क्रिकेट खेल्न स्तरीय खेल मैदानको अभाव शुरुदेखि नै खड्किएको छ । डिपिएललगायत क्रिकेट गतिविधिले विशेष गरी नयाँ पुस्ता र व्यवसायीमा बेग्लै खाले उत्साह पनि देखिन थालेको स्थानीयवासी क्रिकेटप्रेमी बताउँछन् । 
 
‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट

डिपिएलमा स्थानीय खेलाडीलाई स्थान दिन आयोजकले प्रतियोगितामा भाग लिने प्रत्येक समूहमा एक÷एक जना स्थानीय खेलाडी सहभागी गराउनुपर्ने मान्यता राखेर हालै ‘ट्यालेन्ट हन्ट’(प्रतिभा छनोट) विधि अपनाएर खेलाडी छनोट गरेको छ । यस्तो छनोटबाट पहिलो पटक डिपिएलमा सहभागी हुनेछ टिममा छ स्थानीय खेलाडीले सहभागी हुन पाउने मौका पाएका छन् ।   

‘ट्यालेन्ट हन्ट’ मार्फत खेलाडी छनोट गर्दा एक खेलाडीको बढीमा रु २५ हजारको बोली लाग्दा स्थानीय खेलाडीले पहिलो पटक आम्दानी गर्ने अवसर पनि पाएका छन् । 

डिपिएललाई आइसिसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यहाँ आयोजना हुन लागेको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ । आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको छ । उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।
 
नेपालमा सर्वाधिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउने जनाइएको छ । क्रिकेट इतिहासमा नेपालले एक दिवसीय मान्यता पाउन सफल भएपछि क्रिकेटको शहर धनगढीमा खुशीयालीस्वरुप केही दिनअघि खेलप्रेमीले विजय जुलूस र दीप प्रज्वलन गरेका थिए । रासस

तस्बिर सौजन्य : कौशल अधिकारी 
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै
आज अक्षय तृतीया पर्व मनाइँदै
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय सोमबार, वैशाख ७, २०८३
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह सोमबार, वैशाख ७, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
आज अक्षय तृतीया पर्व मनाइँदै सोमबार, वैशाख ७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’ आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्