काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रदेश ३ सरकारले विभिन्न कार्यक्रम गर्ने भएको छ।
प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हात्ती सुन्दरी प्रतियोगिता, विदेशी पाहुनालाई स्वागत, सांस्कृतिक सडक नृत्य, हात्ती दौड, स्तम्भ निर्माण, प्रथम पाहुनालाई निःशुल्क बास आदि कार्यक्रम गरेर भ्रमण वर्षको सुरुवात गरिने पत्रकार सम्मेलनमा जनाइएको छ।
उद्योगमन्त्री अरुणप्रसाद नेपालले प्रदेशले मुख्यमन्त्रीको संयोजकत्वमा एक समिति निर्माण गरेको र त्यसले भ्रमण वर्ष नेपालीहरुको साझा कार्यक्रम हो भन्ने भावनाको विकास गराउन स्थानीय तहलाई समेत सहभागी गराएर काम गरिरहेको बताउँदै हिल स्टेशन, पर्यटन ग्राम, पर्यटकीय गन्तव्य आदि निर्माणको कामलाई पनि द्रुतगतिमा अगाडि बढाइरहेको जानकारी दिए।
उनका अनुसार मन्त्रालयले १३ जिल्लामा एक-एक पर्यटन ग्राम, प्रदेशमा १० पर्यटकीय गन्तव्य छनोट गरी पूर्वाधार निर्माण र १३ हिल स्टेशन निर्माण गर्नेछ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।