काठमाडौं- तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप शनिबारबाट बंगलादेशमा सुरु भएको छ।
च्याम्पियनसिपको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। राजधानी ढाकास्थित बिकेएसपी कम्पाउन्डभित्र खेलाइने प्रतियोगिताका औपचारिक खेलहरु भने आइतबारबाट सुरु हुनेछन्।
१३ दिनसम्म चल्ने प्रतियोगितामा नेपालका साथै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीहरुले सहभागिता जनाउनेछन्। आयोजकका हैसियतमा बंगलादेशका दुई वटा टिमले प्रतिस्पर्धा गर्दै छन्। जसका कारण प्रतियोगितामा ५ देशका ६ वटा टिमले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा नेपालका नौ जना खेलाडीले टिम, मिक्स र व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।