राजविराज- प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मुलुकमा भावनात्मक एकताको खाँचो रहेको बताएका छन्।
१२७औं माओ जयन्तीको अवसरमा माओवाद-लेनिनवाद अध्ययन केन्द्र नेपाल, सप्तरीले आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्न शुक्रबार राजविराज आएका उनले यस्तो बताएका हुन्।
परियारले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नु पर्ने बताए। शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा दर्शन, अर्थशास्त्र, समाजवाद, मधेशको वर्ग संघर्ष, कम्युनिस्ट आन्दोलन तथा अन्य विभिन्न आयामममा प्रशिक्षण दिइने आयोजकले जनाएका छन्।
नेकपाका नेताहरु सुरेन्द्रकुमार कार्की (राम कार्की), डा विजय पौडेल, लेखनाथ न्यौपाने, रोशन जनकपुरीया र रामराज रेग्मीले प्रशिक्षण दिने अध्ययन केन्द्रका उमेश कुमार यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।