• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अदालत गेटमा दुई दृश्यः एकापट्टि सीताराम र हिन्दुराज्य, अर्कोतिर बलात्कारीलाई कारबाहीको नारा

64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  १९:५५
1140x725

 इटहरी- ‘श्रीराम जय राम जय जय राम !’ ‘सीताराम सीताराम !’ यो भजन अक्सर मन्दिरमा सुनिन्छ। तर शुक्रबार सुनसरी जिल्ला अदालत परिसर यस्तै भजन गुन्जायमान भयो। करिब ४ घण्टासम्म निरन्तर सीताराम र हिन्दुराज्य नेपाल भन्दै अदालत परिसरमा नारा लाग्यो। अदालत परिसरको अर्कोतर्फ भने केही महिला अधिकारकर्मी भनिरहेका थिए– बलात्कारीलाई फाँसी दे, ढोंगी बाबा चाहिँदैन। 

अदालत गेटको वारीपारी बसेर दुई पक्षले लगाएको नाराले सुनसरी अदालतको माहोल चर्किएको थियो। दुवै नाराका एकै पात्र थिए बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी। २५ दिन अगाडि पक्राउ परेका उनको शुक्रबार अन्तिम म्याद सकिएको थियो।  उनलाई बयानका लागि शुक्रबारै जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो। 

शुक्रबारै थुनछेक बहस हुने भनिए पनि बयानमा लामो समय लागेकाले बहस आइतबारलाई सर्‍यो। अदालतभित्र १ नम्बर बेन्चमा न्यायाधीश राधाकृष्ण उप्रेतीसमक्ष उनले बयान दिने क्रम चलिरहेको थियो। सोही बेला चतरा आश्रमबाट बस रिजर्भ गरेर आएका उनका अनुयायीले रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन्। 

२ सयको संख्यामा उपस्थित अनुयायीले अदालतअगाडि गरेको नाराबाजी सबैको आकर्षणको केन्द्र बनेको थियो। आश्चर्यचकित वकिलहरू पनि दर्शकको रुपमा सामेल भएका थिए। अनुयायीले ‘जगद्गुरु रामानुजाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाको जय जय जय !’ लेखिएको व्यानर बोकेका थिए। कुनै पनि स्त्रीलाई नछुने प्रतिज्ञा गरेपछि सिद्धबाबाको उपाधि दिइने भएकाले पवित्र सिद्धबाबालाई फसाउन खोजिएको उनीहरू बताइरहेका थिए। 

त्यहीबीचमा प्रहरीले आफ्नो उपस्थिति बाक्लो बनायो। तर हिंसा भड्किने भन्दै आन्दोलनमाथि हस्तक्षप गर्न भने सकेन। बरु केही पर गएर नारा लगाउन भन्यो। अदालतको गेटमा बसेर सुन्दा ‘बलात्कारीलाई फाँसी दे ! र हिन्दुराज्य जिन्दावाद, रामराम हरेहरे’ बीच चर्को प्रतिस्पर्धा भएको भान हुन्थ्यो। को चर्को र कसले धेरै कराउन सक्ने भन्ने प्रतिस्पर्धाले शुक्रबारकोसुनसरी जिल्ला अदालतको परिसर गुन्जियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बलात्कारको आरोप लागेका बाबा अस्पतालको सुविधासम्पन्न क्याबिनमा बस्दै आएका छन्। उनले केही समय अगाडि पीडित महिलालाई मुद्दा फिर्ता लिन गरेको फोनसमेत उनैको भन्ने प्रमाणित भएको छ। रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्वाद पीडित महिलाले रेकर्ड गरेकी थिइन्। प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो।

प्रहरीको अभियोग पत्रमा ७६.९ प्रतिशत स्वर र ९९ प्रतिशत स्पिकर मिलेको उल्लेख गरिएको छ। अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए।

सामान्यतया ५० प्रतिशतभन्दा माथि आवाज म्याच हुँदा प्रमाण मान्न सकिने प्रहरीको भनाइ छ। फोन सम्पर्कमा मुद्दा फिर्ता लिन आग्रह गर्दै उनले ‘मबाट गल्ति भयो, माफ गरिदेऊ’ भनेका थिए। अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका गिरीले आफू लिङ्ग काट्न तयार रहेको बताएका थिए।

Xtrem
Xtrem

बयान सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अदालतका स्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले अदालतले प्रहरीसँगै अभियुक्तलाई पठाएको बताए। बाबालाई प्रहरी भ्यानमा अदालत परिसरमा निकाल्दै गर्दा झनै ठूलो स्वरमा ‘राम’ नाम गुन्जिएको थियो। उता अधिकारकर्मी महिलाहरूले भने बलात्कारी बाबा मुर्दाबाद भन्न छाडेनन्। 


 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्