काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पुस ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो। सो बीमा प्रतिव्यक्ति दुईलाख रुपैयाँ बराबरको रहेको छ।
सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई सो इन्स्योरेन्स कम्पनी शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गरे।
कौशलले ४६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत बीमा पोलीसी प्रदान गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।