काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कालिमाटी रहेको नेपाल ट्रष्टको ४ रोपनी जग्गा पनि यति ग्रुपलाई, ३० वर्षमा ट्रष्टले १८ करोड पाउने, सार्वजनिक खरिद ऐन विपरित प्रतिस्पर्धा।
२) गोकर्ण रिसोर्ट विवादमा कानुनविपरीत काम नगरेको नेपाल ट्रष्टको भनाइ, विगतमा ट्रष्टबाट कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा नपठाएको दाबी, विगतमा नजाने तर्क।
३) ‘पूर्ण विद्यालय भर्ना’ घोषणा कार्यक्रम कागजमै सीमित, सिंगो बस्तीकै बालबालिका जाँदैनन् स्कुल, ४५ बालबालिका मध्ये ४० बालबालिका विद्यालय बाहिरै।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम आर्मीको दोस्रो जित, हिमालयन शेर्पा क्लबल २–० गोलअन्तरले पराजित, आर्मी लिगको तेस्रो स्थानमा उक्लियो।
५) र, भारतमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन बढ्न थालेपछि मुख्य सहरमा सुरक्षा व्यवस्था कडा, केही स्थानमा मोबाइल र इन्टरनेट सेवा समेत काटियो।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।