विराटनगर– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ स्थित खालिङका भुवनसिंह राईको घरमा आगलागी भएको छ।
३ वर्षीय छोराले खेलाइरहेको लाइटरबाट सल्किएको आगोले ३ तले घर, नगद ६० हजार, किराना पसल तथा अन्य समान समेत गरी करिब १५ लाख ३० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी र स्थानीयको सहयोगमा १ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।