विराटनगर– आफ्नै छोराले खुकुरीले हानेपछि ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ खिजिकातीका ५० वर्षीय गुमनसिंह सुनुवार गम्भीर घाइते भएका छन्।
सामान्य घरायसी विवाद हुँदा गुमनसिहलाई उनकै छोरा २५ वर्षीय जीवन सुनुवारले खुकुरी प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा चोट लागेका सुनुवारलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।
बाबुलाई खुकुरी प्रहरी गरी हत्या प्रयास गरेको आरोपमा जीवननलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।