विराटनगर– पाँचथर र खोटाङमा सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुँभाङ–भाते सडक खण्डमा मे १ ज १८०९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री स्थानीय ४६ बर्षीय मोतिलाल दर्जीको मृत्यु भएको छ।
फिदिमबाट सुँभाङ जाँदै गरेकोको ठक्करबाट दर्जीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका १ मा मे १ त २५२३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा चालक इलाम नगरपालिका १० का २० वर्षीय खगेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको छ।
यसैगरी, खोटाङको हलेसी–तुवाचुङ नगरपालिका ४ मा ट्याक्टरले किचेर स्थानीय २९ वर्षीय यम बहादुर माझीको मृत्यु भएको छ। दुधकोशी किनारवाट बालुवा लोड गरेर फर्कंदै गरेको ध १ त ७२२ नम्बरको ट्याक्टरबाट खसेका माझीलाई सोही ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।