सुनसरी- बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी नाम गरेका सिद्धबाबाको बयान सकिएको छ। शुक्रबार जिल्ला अदालत सुनसरीमा उनको बयान सकिएको हो।
बयान सकिएसँगै आइतबारबाट थुनछेक बहस हुने भएको छ। जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र केसरी पोखरेलका अनुसार वादी प्रतिवादी दुवैको बयान सकिएकाले आइतबारबाट बहस सुरु हुनेछ।
प्रतिवादीको तर्फबाट मोहन कोइराला, रुपेश कोइराला, मोहन पराजुली र सरोज गिरीले बहसको लागि नाम दर्ता गराएका छन्।
पीडित महिलाको तर्फबाट सरकरी वकिलहरु अनिल रेग्मी, गोकुल निरौला, अनन्त न्यौपाने, नवराज बिष्ट, रेणुका राई र रेवती सुवेदीले बहस गर्ने भएका छन्।
बहसको समयसम्म इच्छुक वकिलहरुले नाम दर्ता गराउन सक्ने श्रेस्तेदार पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।