रोम– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले इटालीलाई पराजित गरेको छ। गए राति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई २–० गोलले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा बेनेगाले ७५ र लाञ्जिनी ८५ मिनेटमा गोल गरेका थिए। खेलमा स्टार खेलाडी लिओनल मेसी अनुपस्थित थिए। इटालीले खेल आफ्ना पूर्व खेलाडी तथा फ्लोरिन्टिनाका कप्तान डिभाइन अस्टोरीमा समर्पित गरेको थियो। अस्टोरीको गत मार्च ४ मा मृत्यु भएको थियो।
अर्को खेलमा ब्राजिलले रसियालाई ३–० गोलले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ब्राजिलका लागि मिरान्डाले ५३, काउन्टिन्होले ६२ र पाउलिन्होले ६६ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।