हेटौँडा- मकवापुरको इन्द्रसरोवर गाउँपालिका ३ ओखरेडाँडानजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्। चन्द्रनिगाहापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो शुक्रबार सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको हो। मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। सुमोमा नौ जना सवार रहेकामा एक सकुशल रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।