• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सवारी प्रदूषण मापदण्ड अपग्रेड गर्न जुट्यो सरकार, युरो ४ स्ट्यान्डर्ड हुनुपर्ने 

पहिलो पटक ट्याक्टर मापदण्डको दायरामा, हेवी इक्युपमेन्ट भने समेटिएन
64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  १४:३२
1140x725

काठमाडौं- सरकारले लामो समयपछि सवारी प्रदूषण मापदण्ड स्तरोन्नतिको प्रक्रिया सुरु गरेको छ। वातावरण नियमावली २०५४ ले दिएको अधिकार प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनको प्रदूषण मापदण्ड तय गर्दै आएको छ। नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ मा लागू भएको थियो।  

वातावारण मन्त्रालयले तयार गरेको उक्त मापदण्ड छलफलका लागि सरोकारवालाहरुलाई पठाइएको छ। सो मापदण्ड वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएका हुन्। सरकारले पहिलोपटक कृषि उपकरणको रुपमा रहेको ट्याक्टरमा समेत प्रदूषण मापदण्ड लागू गर्ने गरी मस्यौदा तयार गरेको छ। 

नेपालमा २०५६ देखि आयात हुने सवारीमा प्रदूषण मापदण्ड लागू भएको थियो। उक्त मापदण्ड प्यासेन्जर कार, मोटरसाइकल तथा ट्रकबसमा लागू हुँदै आएको छ। नयाँ मापदण्डले ट्याक्टरलाई समेटे पनि हेवी इक्युपमेन्ट (एस्काभेटर, डोजर, लोडरलगायत) र जेनेरेटरलाई भने नसमेट्ने देखिएको छ। नेपाल सवारी प्रदूषण मापदण्डको मस्यौदामा हेवी इक्युपमेन्ट र जेनेरेटर समावेश गरिएको छैन। 

नेपाल सवारी प्रदूषण मापदण्ड २०७६ युरो फोरसरह हुनेछ। हाल कार्यान्वयनमा रहेको २०६९ को मापदण्ड युरो ३ सहरको थियो। तर यसमा सबै देशका मापदण्डअनुसार नभएको गुनासो व्यवसायीहरुले गर्दै आएका थिए। नयाँ मापदण्ड भने सबै देशमा बनेका सवारीलाई हुने खालको देखिएको एक व्यवसायीले बताए।

‘नेपालमा प्रयोगशाला छैन, जुन देशमा बनेको हो त्यही देशले दिएको सर्टिफिकेट हेरेर स्वीकृत गर्ने हो हामीले,’ ती व्यवसायीले भने, ‘जे होस् नयाँ मस्यौदाले सबैजसो देशको मापदण्डलाई समेटेको देखिन्छ। स्वीकृत हुँदा के भएर आउँछ हेर्नुपर्छ।’ 

यता व्यवसायीहरुले भने नयाँ मापदण्ड लागू गर्दा एलसी खोलीएका, कम्पनीका अर्डर गरिएका गाडी ल्याउन पाउनुपर्ने बताउँदै आएका छन्। नयाँ मापदण्डको व्यवसायीहरुले सँधै स्वागत गर्ने भन्दै नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नाडाको ४३ औं साधारण सभामा भने, ‘सरकारले व्यवसायीलाई अडर्ड गरिसकेका र एलसी खोलिएका सवारी ल्याउन दिनुपर्छ। यसका लागि मापदण्ड आएको ६ महिनाको सयम सरकारले दिन्छ भन्ने हाम्रो अपेक्षा छ।’ 

ट्याक्टरमा भने युरो ३ स्ट्यान्डर्ड बराबरको मापदण्ड लागू हुनेछ। सरकारले ल्याउन लागेको नयाँ मापदण्डबारे भने धेरै ट्याक्टर आयातकर्ताहरु अनभिज्ञ छन्। जिल्ला, तथा क्षेत्रपिच्छे ट्याक्टरका आयातकर्ता रहेका छन्। नेपालमा २५ वटा ब्रान्डका ट्याक्टर आइरहेका छन्। भारतमा ट्याक्टरलाई बेग्लै खालको मापदण्ड लागू गरिएको छ। 

तर सरकारले बनाएको नयाँ प्रदूषण मापदण्डमा हेवी इक्युपमेन्ट र जेनेरेटरलाई समेत समेट्नुपर्ने थियो। पूर्वाधार विकासमा काम गर्ने भएकाले मेसिनरी इक्युपमेन्टमा मापदण्ड लागू नगरिएको सरकारी तर्क छ। यसरी ठूलो संख्यामा आयात हुने र धेरै देशहरुले मापदण्ड लागू गरिसकेकाले नेपालले समेत हेवी इक्युपमेन्टमा पनि मापदण्ड लागू गर्नुपर्ने व्यवसायीहरु नै बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा वार्षिक ४ लाखभन्दा बढीको संख्यामा हेवी इक्युपमेन्ट आयात हुने गरेको छ। भारतमा २०१९ को अप्रिलदेखि युरो थ्री (भारत स्टेज आइआइआइ) स्तरका सवारी दर्तामा प्रतिबन्ध लगाएको छ। सन् २०२० अप्रिलदेखि भारतले युरो ६ (बिएस ६) लागू गर्ने घोषणा गरिसकेको छ। कम्पनीहरुले त्यो बीचमा उत्पादन भएका सवारी नेपाल, भुटान, बंगालादेश, श्रीलंकालगायत मुलुकमा यस्ता सवारी निर्यात गर्दै आएका छन्। 

वायु प्रदूषण धेरै हुनुमा सवारीसाधनको ठूलो भूमिका भएकाले प्रदूषण स्तरोन्नति समयानुकुल गरिनुपर्ने कुरा बारम्बार उठेपनि सरकार भने मौन थियो। समयमा नै स्तरोन्नति गर्न सकिएन भने सवारीसाधनले गर्ने प्रदूषणको असर अझ धेरै समय लम्बिने छ। अहिले सामान्य जस्तो लागेपनि यसले भविष्यमा ज्यादै ठूलो असर पार्ने विज्ञहरुको भनाइ छ।  

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने सवारीको प्रदूषण अपग्रेड गर्न सरकारले आनाकानि गरिरहेको थियो। प्रदूषण मापदण्ड परिमार्जन नहुँदा नेपाल सवारी उत्पादक कम्पनीको ‘डम्पिङ साइड’ बनिरहेको छ। यातायात व्यवस्था विभागले २०७४ मै मापदण्ड बनाएर पठाएको थियो। तर त्यो केही व्यवसायीहरुको दबादमा दराजमै थन्क्याएर राखियो।  

सवारीसाधनको प्रदूषण मापदण्ड युरोपेली मुलुकले विकास गरेकाले युरो वान, टूमा मापन गरिन्छ, जुन विश्वभर मान्य हुने गरेको छ। २०५६ देखि नेपालमा आयात हुने सवारी प्रदूषण मापदण्ड युरो वान लागू भएको थियो भने २०६९ देखि युरो वानबाट सिधै युरो थ्री लागू गरिएको थियो। युरोप लगायत विकसित मुलुकहरुमा युरो-सेभेन लागु भइसेको छ भने छिमेकी भारत कतिपय सहरमा बीएस-फाइभ (युरो-फाइभ) लागू भएको छ। 

भारत सरकारले भारतमा सन् २०१७ को अप्रिल १ देखि सबै प्रकारका सवारीमा बीएस-फोर (भारत स्ट्यान्डर्ड ४) कार्यान्वयनमा ल्याइसकेको छ। बीएस-फोर युरो फोरसरह हो। भारतले सन् २००० देखि युरो स्ट्यान्डर्डको आफ्नै मापदण्ड लागू गरेको थियो। 

नेपालसँग सवारी प्रदूषण स्तर जाँच्ने आफ्नो मापदण्ड छैन। नेपालले युरो स्ट्यान्डर्डलाई नै मान्यता दिँदै आएको छ। नेपालमा आयात हुने पेट्रोलियम पदार्थ वर्षदिन अघिदेखि नै युरो-फोर स्तरको आयात भएपनि सवारीसाधन भने युरो-थ्री स्तरका नै आइरहेका छन्। 

प्यासेन्जर कार तथा मोटरसाइकलमा समस्या नभएपनि ठूला ट्रक/बसमा भने समस्या छ। प्यासेन्जर कार त युरो ६ सरहकै आइसकेको छ। अघिल्लो महिना मारुती सुजुकीले नेपालमा पहिलो पटक युरो ६ इन्जिनको एसप्रेसो कार ल्याएको थियो। नयाँ मापदण्ड लागू भएपछि भने युरो फोरभन्दा तलको सवारी आयात गर्न पाइने छैन।

नेपाली सवारी प्रदूषण मापदण्ड‚ २०७६

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्