काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिमा रहनेहरुको उमेर हदका विषयमा २ अलग समूहले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्।
संस्थापन तथा संस्थापन इतर पक्षका दुवै समूहले तदर्थ समिति ३२ वर्षमुनि र माथि हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयको मूल गेटमा नाराबाजी गरेका हुन्।
पार्टीको आन्तरिक विवाद नमिलेपछि आज १ बजे बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अझैसम्म सुरु हुन सकेको छैन। सभापति शेरबहादुर देउवासहित उनीपक्षीय नेताहरु पार्टी कार्यालय आए पनि संस्थापनइतरका नेताहरु भने बैठकमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।