काठमाडौं- बाजुरा‚ बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैधरुपमा वन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार ४ थान भरुवा बन्दुक र ५ थान वन्यजन्तुको छाला (थारको छाला थान-१,रतुवाको छाला थान-२ र घोरलको छाला थान-२) सहित ७ जना पक्राउ परेका हुन्।
बुढानन्दा-८ गोठी बस्ने ५९ वर्षीय आइते बोहरा‚ सोही स्थान बस्ने ३१ वर्षीय बलबहादुर बोहरा‚ २५ वर्षीय मनिचन्द्र बोहरा‚ ४० वर्षीय कविन्द्र बोहरा‚ ३२ वर्षीय दल कामी‚ १९ वर्षीय पृथ्वी बोहरा र सोही नगरपालिका-१० बस्ने ४८ वर्षीय पृथ्वी सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई ‘हातहतियार खरखजनासम्बन्धी कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।