काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) काम नगर्ने ठेकेदार पोस्दै सरकार, ठेकेदारको मागअनुसार वैशाखयता मात्रै ४ पटक नियमावली संशोधन, ठेक्काको म्याद थप्दा ठेकेदारले जरिवाना तिर्नु नपर्ने।
२) समाजवादी पार्टीको समर्थन फिर्तापछि सरकारले विश्वासको मत लिनु पर्ने÷नपर्नेमा संवैधानिक बहश शुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु परे पनि समस्या नरहेको सञ्चारमन्त्री बाँस्कोटाको भनाइ।
३) विराटनगरबाट आयात बन्द भएपछि ट्रकको ’रुट डाइभर्ट’ गर्ने सहमति, सुनसरीबाट सामान आयात खुला गर्न अर्थ मन्त्रालय सहमत, थर्ड कन्ट्री कार्गो भने स्कर्टिङबाट विराटनगर लगिने।
४) पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको फाइनलमा पुग्यो विराटनगर, बुटवल ब्लास्टर २१ रनले पाराजित, शनिबार चितवनसँग भिड्दै।
५) र, भारतमा नागरिकता कानुनविरुद्ध आन्दोलन गर्ने विपक्षीलाई प्रशासनको पुर्जी, सोधियो– तपाईं विरुद्ध कारबाही किन नगर्ने ?, कम्युनिस्ट नेता येचुरीद्वारा पुर्जीको व्यहोरा सार्वजनिक।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।