काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले 'सरकारले कुनै निर्णय गर्नै पाउँदैन भने सरकार किन चाहियो भनी प्रश्न गरेका छन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले राखेको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने,‘सरकारले केही पनि गर्न हुँदैन भने सरकार चाहियो किन?
नेपाल ट्रष्टमा एक जना मन्त्री अध्यक्ष हुने व्यवस्था भएकाले रक्षामन्त्री अध्यक्ष भएको उनले प्रष्टाए।
गोकर्ण फरेष्टलाई सरकारले लिज नसकिँदै लिजको समयावधि बढाइएकोप्रति प्रकाशित समचार एकतर्फी भएको गुनासो उनको थियो।
पत्रकारलाई पत्रकारिताको मान्यता सुझाउँदै भने, ‘एकतर्फी मात्रै समाचार नलेखौं। तथ्य एउटाको मात्रै राखेर पत्रकारिता नगर्नुस्।’
गोकर्ण फरेष्टले रोपनीको शुल्क तिरेको मात्रै नभई आयकर समेत चुक्ता गरेको सुनाए। नेपाल ट्रस्टको जग्गा गोकर्ण फरेष्टले लिएको जग्गा मात्रै नभएको सुनाउँदै उनले भने, ‘व्यवसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति छ। त्यसै अनुसार लिज अवधि बढाइएको हो।’
आर्थिक प्रबन्ध हेरेर लिज अवधि बढाइएको उनको दाबी थियो। ‘आर्थिक नियम उल्लंघन गरेर लिजमा दिइएको छैन,’ उनले भने,‘कसलाई दिनुपर्छ/पर्दैन भन्ने हो भने मेरो केही भन्नु छैन। कोही अर्कोलाई चाहिएको थियो। अर्कोले पाएको हो भने, पख्नुस् २५/३० वर्ष।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।