काठमाडौं- भारतकी प्रसिद्ध गायिका आशा भोस्लेले आज रेडियो नेपालको संगीत स्टूडियोमा केही गीतको रिहर्सल गरेकी छन्।
शनिबार काठमाडौंमा हुने एक कन्सर्टमा सहभागी हुन गायिका भोस्ले बुधबार नेपाल आएकी हुन्।
नेपाली गीतको रिहर्सल गर्दै गायिका आशा भोस्ले
गायिका आशा भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका दर्जनौ नेपाली गीत गाएकी छन्।

उनलाई रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नायव कार्यकारी निर्देशक अशोक बास्कोटासहित रेडियो नेपालका कर्मचारीहरुले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।