काठमाडौं- नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका-२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रुपमा लुकाएर राखेको ५५ लाख मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई बुधबार राति पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकाको नाम, ठेगाना खुलाइएको छैन। पक्राउ परेकासँग प्रहरीले ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, १५ लाख ७७ हजार नगद, पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।