काठमाडौं– नबील बैंकको काउन्टरबाट ६० हजार रुपैयाँ चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रमेश सुनुवारलाई पक्राउ गरेको हो।
उनले गत आइतबार नबील बैंकको महाराजगञ्ज शाखाबाट ६० हजार रुपैयाँ चोरी गरेका हुन्। भौचर भर्न लागेको अवस्थामा उनले झुक्याएर पैसा चोरी गरेका थिए। पछि सिसिक्यामराको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। महाराजगञ्ज वृत्तले चोरी मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।