काठमाडौं- समाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु परेपनि समस्या नरहेको सरकारले प्रष्ट पारेको छ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले संविधानको प्रावधान अनुसार विश्वासको मत लिनुपरे सरकार तयार रहेको प्रष्ट पारे।
उनले भने,‘ प्रधानमन्त्रीको बहुमत गुमेको छैन। बहुमत गुमेको भए राजनीतिक र संवैधानिक विषयमा प्रश्न उठ्ने थियो। संविधानले विश्वास गर्नैपर्छ भने गरौला। भोटिङ नै गर्न परे पनि गरौला।’
एमसीसीसँग र अमेरिकाको इन्डो प्यासिफिक रणनीति (आइपिएस) को सम्बन्ध नरहेको मन्त्री बाँस्कोटाको भनाइ थियो।
इन्डो प्यासिफिकको विषय सन् २०१७ मा आएको बताए।
नेपाल र अमेरिकाबीच जे सहमति भएको छ त्यही कार्यान्वयन भएको बताउँदै उनले भने, ‘केही असन्तुष्टी कसैलाई होला।’
एमसीसीमा सैन्य सहकार्य गर्ने कहिं उल्लेख नभएको प्रष्टाए। स्काइ ट्रक अमेरिकाले नेपाली सेनालाई सहयोग गर्नुमा कुनै शर्त नभएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।