काठमाडौं– ललितपुरको एक रेष्टुरेन्टबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
एकान्तकुनास्थित भोजपुरका नगेन्द्र तामाङको स्टाफ भोजनालय खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण मिजार समेत १० जनालाई १ बुक तास र १ लाख ४१ हजार सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ। नियमित रुपमा जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।