काठमाडौं– निजामती प्रशासनको सहसचिवको लिखित परिक्षामा उत्कृष्ट भएका १६ जनाको नजिता लोक सेवा आयोगले सार्वजनिक गरेको छ। आयोगले बिहिबार नजिता सार्वजनिक गरेको हो।
आयोगका अनुसार उमेश ढुङगाना, केशवराज सुवेदी, चक्रपाणि पाण्डे, छविलाल रिजाल, टंकप्रसाद पाण्डेय, ताराप्रसाद सापकोटा, तोयप्रसाद सुवेदी, पुष्पराज शाही, भीष्मकुमार भुसााल, शिवकुमार कार्की, शिवलाल तिवारी, शेषनारायण पौडेल, सुमन घिमिरे, सुवासचन्द्र शिवाकोटी, हुमकला पाण्डे र ज्ञानराज सुवेदी लिखित परिक्षामा सफल भएका छन्।
लिखित परिक्षापछि मामिला बिश्लेषण अभ्यास, प्रस्तुतीकरण र अन्र्तवार्ता हुने छ। जसमा उत्कृष्ट हुने १२ जना सहसचिवमा बढुवा हुनेछन्।
१२ जना सहसचिवका लागि १ सय ५१ जनाले लिखित परिक्षा दिएका थिए। लिखित परिक्षामा उत्कृष्ट हुने १६ जनाको नाममा आयोगले सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।