पथरी– उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारो बनादिएका छन्।
भोटेपुलसँगै ५० हजार रुपैयाँको लगानीमा चौतारी तयार भएको श्रेष्ठले बताए। पानी पर्दा बस्न सहज होस् भन्दै उनले चौतारोमा छानो छाइ फलैँचा समेत राखिदिएका छन्।
सो ज्येष्ठ नागरिक विश्राम स्थल बनेपछि हजुरबुवा हजुरआमाहरुलाई बसेर भलाकुसारी गर्न सहज हुने उनले दावी गरे। श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाइदिएका छन्।
बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आएका उनले बिहानै पत्रपत्रिका पढेर गाउँलेले देशविदेशको खबर थाहा पाउन् उक्त कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको जानकारी दिए।
आफूले सकुञ्जेल सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने श्रेष्ठको इच्छा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।