काठमाडौँ- यसवर्षको पहिलो तथा अन्तिम खण्डग्रास सूर्यग्रहण बिहान ८ बजेर ४३ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त. भयो। काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु भएको ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु भएको थियो।
यस सूर्यग्रहणलाई वैज्ञानिकहरूले ‘रिङ अफ दि फायर’ नाम दिएका थिए। सूर्यग्रहणका बेला विभिन्न धार्मिक स्थल तथा नदीहरुमा पुजा अर्चना गर्नेहरूको भीड देखिएको थियो।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेका हुन्छन्।
यसै क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा पृथ्वीमा अँध्यारो हुन्छ। सूर्य ग्रहण खग्रास (पूरै) खण्डग्रास (केही भागमात्रै) र बलय (रिङ आकारको) गरी तीन प्रकारले लाग्ने गरेको पाइन्छ ।
कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर ग्रहण अन्त्य भएको थियो।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।