• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दिल्ली डेयरडेभिल्सका सिइओसँग विशेष अन्तर्वार्ता : 'सन्दीप हाम्रा लागि सरप्राइज'

64x64
नेपाल लाइभ शुक्रबार, चैत ९, २०७४  ०३:००
1140x725

गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आबद्ध हुँदै नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले इतिहास बनाएका थिए। त्यसबीच नामिबिया र जिम्बावेमा राष्ट्रिय टिमबाट खेलेका सन्दीप अहिले नेपाल फर्किएका छन्। स्वदेश फर्किएको दोस्रो दिन सन्दीपलाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयरभिल्सका सिइओ हेमन्त दुवा काठमाडौं आए। सन्दीप मार्च २६ मा दिल्ली उड्नेछन्।

दुवासँग नेपाल लाइभका सीताराम कोइरालाले लिएको विशेष अन्तर्वार्ता : 

नेपालमै आएर सन्दीपलाई जर्सी हस्तान्तरण गर्नुको कारण के हो?

सन्दीप नेपाली क्रिकेट जगतका उज्याला नक्षत्र हुन्। उनी अहिले नेपाली क्रिकेटको केन्द्रविन्दुमा छन्। त्यसैले हामी प्रधानमन्त्रीको हातबाट जर्सी सार्वजनिक गर्न चाहन्थ्यौं। यद्यपि खेलकुद परिषदका सदस्य-सचिवबाट सार्वजनिक गर्न सक्यौं। नेपालमै आएर जर्सी सार्वजनिक गर्नुको कारण युवा खेलाडीलाई प्रोत्साहन र आसा जगाउनु हो। यदि राम्रो खेल्यौ भने आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश दिनु हो। 

दिल्लीले सन्दीपले खेलेका पछिल्ला खेलहरु पछ्याइरहेको छ। सन्दीपले लिएका विकेटमा खुसी मनाइरहेको छ। के सन्दीपको पछिल्लो प्रदर्शनबाट दिल्ली प्रभावित छ?

सन्दीपले एकदमै राम्रो क्रिकेट खेलिरहेका छन्। उनी एकदमै राम्रा बलर हुन्। एसोसिएट स्तरमा क्रिकेट खेल्नु र आइपिएल स्तरमा खेल्नु भने बिल्कुलै फरक कुरा हो। आइपिएलमा संसारका उत्कृष्टमध्येका पनि खारिएका खेलाडी भिड्छन्। 

नेपालमा सन्दीपले आइपिएलमा खेल्न पाउँछन् कि पाउँदैनन्न भन्ने ठूलो चासो रहेको पाएको छु। मलाई पनि सन्दीप खेलोस् भन्ने इच्छा छ। तर, सन्दीपले खेल्ने-नखेल्नेबारे प्रशिक्षक र कप्तानको निर्णयमा भर पर्छ।

सन्दीपले क्रमिक रुपमा लक्ष्य पछ्याउने हाम्रो विश्वास छ। उनले पहिलो खेल खेल्न पनि सक्छन्, अथवा दोस्रो, तेस्रो, चौथो जुनसुकै म्याचमा उनी सहभागी हुन सक्छन्। यो निर्णय प्रशिक्षकले गर्नेछन्। उनले ड्रेसिङ रुमबाट पनि धेरै कुरा सिक्न सक्छन्, त्यहाँको क्रिकेट वातावरणमा धेरै ज्ञान हासिल गर्न सक्छन्। त्यहाँ गएर उनले अमित मिश्रा जस्ता स्पिनरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। मिश्रा आइपिएलकै उत्कृष्ट लेग स्पिनर मात्र होइनन्, धेरै विकेट लिने बलरमध्येमा पर्छन्। सन्दीपले मिश्रा जस्तै उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो उनका लागि ठूलो मौका पनि हो। 
सन्दीपका लागि दिल्ली डेयरडेभिल्सका आगामी दिन जीवनको उत्कृष्ट क्षण हुनेछ। राम्रो खेलेको खण्डमा सन्दीप लिजेन्ड बन्ने पक्का छ।

Ncell 2
Ncell 2
nimb
nimb

दिल्ली डेयरडेभिल्सको जर्सीमा सन्दीप लामिछाने


आइपिएलको अक्सनमा धेरै खेलाडी दर्ता थिए। सन्दीपलाई नै लिनुको कारण के हो?

हामीले सन्दीपको क्षमता छुट्टै किसिमले बुझेका थियौं। उनी क्षमतावान् क्रिकेटर हुन्। हामीले क्षमतालाई कदर गरेका हौं। कहिलेकाहीँ आइपिएलमा केही सरप्राइज हुन्छ। त्यो सरप्राइज उनले अक्सनमा छनोट भएर दिएका छन्। सन्दीपलाई आइपिएलका अधिकांश खेलाडीले देखेका समेत छैनन्। त्यसैले उनले आइपिएलमा अर्को सरप्राइज दिन सक्छन्। उनले नेट र अभ्यास खेलमा राम्रो बलिङ गरेमा पहिलो रोजाइमा मौका पाउन सक्छन्। जीवन सुन्दर छ, जे पनि हुन सक्छ। 

सन्दीपलाई आइपिएलमा लिनुअघि देखि नै दिल्लीले उनका खेल पछ्याएको कुरा सार्वजनिक भएका थियो। खासमा तपाईंहरुले कहिलेदेखि उनलाई पछ्याउनुभएको थियो?

केही समयदेखि सन्दीपलाई पछ्याइरहेका थियौं। उनले खेलेका भिडियोहरु मात्र देखेका थियौं, प्रत्यक्ष हेर्ने मौका पाएका थिएनौं। हामी उनलाई प्रत्यक्ष रुपमा भेट्न चाहन्थ्यौं। हामीले उनलाई अक्सनको केही दिनअघि दिल्ली बोलाएका थियौं। दुर्भाग्यवश हामीले बोलाएको दिन दिल्लीमा पानी पर्‍यो। हामीसँग इन्डोर हल नभएकाले उनलाई बलिङ गराउने ठाउँ खोजी गर्‍यौं। एउटा निजी इन्डोर नेटमा उनलाई बलिङ गर्न लगायौं। उनले आधा घन्टा बलिङ गरे। त्यो हामीले भिडियो खिच्यौं। उनले एकदमै राम्रो बलिङ गरेका थिए, हामी निकै प्रभावित भयौं। भिडियो हामीले प्रशिक्षक रिकी पोन्टिङ र गौतम गाम्भीरलाई देखायौं। उनीहरुले मन पराएपछि हामीले अक्सनमा छनोट गरेका हौं। 

सन्दीपलाई आबद्ध गर्दा दिल्लीलाई कस्तो फाइदा भएको छ?

सन्दीप छनोट हुनु हाम्रो लागि पनि ठूलो कुरा हो। हाम्रा समर्थकहरु ह्वात्तै बढेका छन्। उत्साहित बनेका छन्। यसले नेपाली क्रिकेटलाई पनि ‍फाइदा पुगेको छ। नेपाली क्रिकेटलाई अझै माथि पुर्याउन सिँढी बनेको छ। 

तपाईंलाई नेपाली क्रिकेट र क्रिकेटरबारे के थाहा छ?

नेपाली क्रिकेटर क्षमतावान् भएको पाएको छु। धेरैभन्दा धेरै प्रतियोगिता खेल्न पाएमा नेपाली क्रिकेटरले निकै राम्रो गर्न सक्छन्। नेपालले पछिल्लो समय एकदिवसीय मान्यता पाएकोमा बधाई दिन चाहन्छु। नेपालको क्रिकेट संघ निलम्बनमा भएको अवस्थामा पनि खेलाडीले आफ्नो क्षमता प्रमाणित गरेका छन्। खेलाडीलाई व्यवस्थापन गर्ने निकाय नहुँदा पनि राम्रो खेलेका छन्।  क्रिकेट संघ भएमा नेपालले अझै राम्रो गर्न सक्छ। अर्कोतर्फ, नेपाली क्रिकेटरलाई एक्पोजर र सहयोग चाहिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्