काठमाडौं– प्रहरीले भन्सार छलेर ल्याएका ५५ लाख रुपैयाँ बराबरका सामानहरु काठमाडौंबाट बरामद गरेको छ।
काठमाडौं महानगरपालिका–२५ टेंगालस्थित हरि बहादुर श्रेष्ठको घरमा भन्सार छलि अवैध रुपमा लुकाई छिपाई राखेको मोबाइल लगायतका अन्य विद्युतीय जिन्सी सामानहरु बुधबार राति प्रहरीले बरामद गरेको हो।
उनको घरमा भन्सार छली गरी ल्याएको मोबाइल लगायतका अन्य विद्युतिय जिन्सी सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले खानतलासी गर्दा ५५ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न मोबाइल तथा जिन्सी सामानहरु बरामद भएको प्रहरीले जनाएको छ।
साथै प्रहरीले नगद १५ लाख ७७ हजार रुपैयाँ र ५ लाख ७३ हजार रुपैयाँको एनएमबी बैंकको चेक १ थान समेत बरामद गरेको जनाएको छ।
अनुसन्धानको क्रममा शंकास्पद २ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।