काठमाडौं– लकडी चोरी मुद्दाका फरार कसुरदार बाराको कोल्हवी नगरपालिका–३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
तत्कालीन पुनरावेदन अदालत हेटौंडाको २०५० फागुन १९ गतेको फैसलाले लकडी चोरी मुद्दामा २ महिना कैद र ९ सय २३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उक्त फैसलापछि फरार भएका चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
चौधरीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।