काठमाडौं- काठमाडौंमा खण्डग्रास सूर्यग्रहण भएको छ। बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो।
पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८:४८ मा सुरु भई ११ः२७ मा सकिनेछ।

काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ। यद्यपि, वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाएका छन्।
ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।