• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'राज्यको अंकुश विरुद्ध ठूलै लडाइँको तयारी गरौं'

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १०:४५
1140x725

काठमाडौं- नेपालमा राज्यले सिर्जनामाथि निगरानी राखेर स्रस्टाहरूलाई दुःख दिनु नौलो कुरा हैन। केही समयअघि मात्र र्‍यापर भिटेन पक्राउ प्रकरण यसको ताजा उदाहरण हो। 

कविता वा लेख लेखेकै कारण कवि वा लेखक पक्राउ परेका घटनाहरूले पनि राज्यको सिर्जनामाथिको दृष्किोणलाई प्रस्ट्याएका छन्। सिनेमा, संगीत वा पत्रकारिता लगायतका अभिव्यक्ति स्वन्त्रता वा त्यसका माध्यमहरूमा राज्यले किन सेन्सरसिप लगाइरहेको छ?

बुधबार फ्रिडम फोरमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रम मार्फत् यस विषयमा नयाँ बहसको सुरुवात भएको छ। लेखक, पत्रकार, फिल्मकर्मी, समीक्षक तथा कानुन्विद्हरूबीच भएको अन्तर्क्रियाले राज्यले लगाएको अंकुशमाथि नागरिक तवरबाट सशक्त आवाज उठ्नुपर्ने निस्कर्ष निकालेको छ। 

सेन्सरसिप : शक्तिको दुरुपयोग
शक्ति र झुण्डको नाममा विचारहरूलाई कज्याउनु नहुने फिल्म निर्देशक नबीन सुब्बा बताउँछन्। सत्ताले त्यही शक्तिको आडमा विचारमाथि आक्रमण गरेको उनको आरोप छ। ‘समस्या छ भने त्यसको समस्या निर्मूल गर्ने मेकानिजम त होला नि। तर एउटा झुण्ड बनाएर त्यसलाई आक्रमण गर्न पाइन्छ कि पाइँदैन? यहाँ राजनीतिक पार्टीको नाममा यो काम भइरहेको छ। यसले सबै प्रणालीमा समस्या भइरहेको छ,’ उनी सत्ताको व्यवहारप्रति असन्तुष्टि पोख्छन्।

साहित्यकार गोवन्दिराज भट्टराई साहित्यमाथि सरकारको नियन्त्रणले राम्रा लेखन नै ठप्पजस्तो भएको गुनासो पोख्छन्। ‘लेख्ने माहोल नै छैन। राज्यले कज्याइरहेको छ,’ उनी आशय पोख्छन्। 

मिडिया अध्येता लेखनाथ पाण्डे सरकारले राम्रा लेखकहरूलाई दुरुत्साहित र पक्षधरकालाई प्रोत्साहन गर्ने गरेको मत राख्छन्। आफूले जुन पक्षमाथि आलोचनात्मक समीक्ष गर्‍यो ती पक्ष आफूसँग रुस्ट भएको अनुभव उनी सुनाउँछन्। 

राज्यले दिने पुस्कारको नाममा पनि विभेद प्रस्ट झल्कने उनको आशय छ। भन्छन्, ‘राज्यले नराम्रो ९ जनालाई पुरस्कार दियो भने ५ जना राम्रोलाई दिएको छ। पाउनेले पनि अस्वीकार गर्नुपर्ने अवस्था छ।’

कलामा बहसको अभाव 
कलाका विधाहरूको विषयवस्तुमा निरन्तर छलफल तथा बहस नहुनुले पनि राज्यलाई स्रस्टाहरूमाथि आक्रमण गर्न सजिलो भएको कवि संगीत स्रोता बताउँछन्। अभिव्यक्तिकै कारण राज्यको सिकार समेत हुन पुगेका उनी भन्छन्, ‘जब सिर्जनाको बारेमा छलफल गर्देनौं तबसम्म त्यस्ता शक्तिले हामीमाथि आक्रमण गर्छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

समाजमा संवाद नभएपछि राज्य सक्रिय हुने उनको मत छ। ‘कुनै पनि कन्टेन्टमा राज्यले आलोचना गरेको कुरामा पनि एउटा पंक्ति बस्दो रहेछ। अहिले आलोचना हुँदा एउट पंक्ति 'त्यो बेठिक छ' भन्दो रैछ। जसले राज्यलाई बल पुग्दो रैछ,’ उनी भन्छन्, भिटेन वा प्रनेस गौतम तथा जति पनि रचनामाथि आक्रमण भएको छ यी त्यसकै उदाहरण हुन्।’

विचारको प्रतिवाद विचारले गर्नुपर्ने उनको मत छ। तर यहाँ विचारको प्रतिवाद शक्ति, सत्ता, हतियार वा झुण्डले गर्ने गरेको उनको ठम्याइ छ।  

कानुन व्यवसायी टंक अर्याल विषयवस्तुलाई हामीले आत्मसात् नगरेसम्म बुझाइ र वकालत निकै कमजोर हुने बताउँछन्। ‘एउटा लेखक छ, लेखकले आर्टिस्टिक एक्प्रेसनको वकालत गर्न सक्दैन भने त्यो हाम्रो समाजको रिफ्लेक्सन हो,’ उनी बताँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राज्यले एक पक्षलाई आक्रमण गर्दा अर्को पक्षले आवाज नठाउनु अर्को समस्या भएको उनको तर्क छ। भन्छन्, ‘हामी विभिन्न वर्गका मान्छे रह्यौं। स्वतन्त्र अभिव्यक्तिको कुरा गर्दा एउटा युट्युवरलाई समस्या पर्‍यो भने मेन स्ट्रिमको पत्रकार र अनलाइन बोल्दैनन्, अनलाइनलाई पर्‍यो भने ब्रोडसिटको बोल्दैन, ब्रोडसिटलाई पर्‍यो भने मात्र ऊ बोल्छ।’ 

सरकारले सधैं स्वतन्त्रताको दायरलाई साँघुरो गराउन खोज्ने उनको मत छ।

‘हामी चर्चित हुने कुरामा रमाउँछौं’ 
फिल्म निर्देशक मनोज पण्डित राज्यले सिर्जना वा अभिव्यक्तिकै कारण आक्रमण गरेको भिक्टिम चर्चित भयो भन्ने कुरामा अरु पक्ष रमाइरहेको बताउँछन्।

बहसमा भिन्न मत राखेका मनोज भन्छन्, ‘म भिक्टिम हुँदा अर्को मान्छेले मलाई भन्छ– तँ भिक्टिम हुनु त फाइदा भइरहेको छ त। तेरो बारेमा चर्चा बहस भइरहेको छ त।’ 

‘एउटा शक्तिले दबाइरहँदा चर्चित भइरहेको कुरामा अर्को मान्छे रमाइरहेको छ। हाम्रो समाज यहाँ छ। यस्तो समाजमा सेन्सर भएर किन फाइदा हुन्न?’ उनी व्यंग्यात्मक अभिव्यक्ति दिन्छन्। 

उसो त पण्डित राज्यबाट पटक पटक सिकार भएका निर्देशक हुन्। उनले डकुमेन्ट्री 'ग्रेटर नेपाल' निर्माण गर्दा राज्यपक्षबाट ठूलै भार खेप्नुपरेको थियो। दासढुंगा बनाउँदा पनि सेन्सर बोर्डमा उनको पटक पटक द्वन्द्व भयो। बधाशाला सेन्सरसिपमा पुग्नुअगावै नेपाल आर्मीले अवरोध जनायो। 

कमजोर अवस्थामा एक्लै वकालत गर्ने मनोज सेन्सरसिपको कारण कोही सिकार हुनु नहुने बताउँछन्। हामीले अर्को न्यारेटिभ खोज्नुपर्ने बेला आएको उनी बताउँछन्। ‘सबैभन्दा ठूलो कुरा त हामीले सोच्ने कुरामा छ। हामीलाई अहिले पनि नसोच भनिरहेको छ। यो नसोच भन्ने संस्कृति विकास गरेको यो समाजमा अर्को संस्थाले पनि नसोच नै भन्छ। हामीले सेन्सर भन्दा पनि मल्टिपल ढंगले सोच है भनेर सोच्नलाई उत्प्रेरण दिनुपर्नेछ। सेन्सरको धारणा नै नसोच भन्या हो। यसका लागि हामीले छुट्टै न्यारेटिभ खोज्नुपर्छ,’ पण्डित भन्छन्।

राज्यको सेन्सरसिप विरुद्ध ठूलो लडाइँको तयारी गर्न उनी सबैलाई आग्रहसमेत गर्छन्।

फिल्म समीक्षक अनुप सुवेदी नयाँ निर्देशकको लागि राज्यले फिल्म निर्माण अफ्ठ्यारो र झन्झटिलो बनाइदिएको बताउँछन्। 
‘नयाँ निर्देशकलाई फिल्म दर्ता गर्न गाह्रो छ। एक जना भाइले दर्ता गर्न खोजेका थिए। चलचित्र विकास बोर्डमा दर्ता गर्न खोज्दा सुरुमा फाइलमा दर्ता हुन्न, पहिला हाकिमकोमा तोक लगाएपछि मात्र हुन्छ भन्ने कुरा आयो। तर, हाकिमले तोक नै लगाइदिएन,’ उनले अनुभव सुनाए। 

मिडिया र सिर्जनामाथि सत्ताको डर 
प्राध्यापक सुदर्शन दाहाल डरकै कारण सत्ताले अवरोध सिर्जना गर्ने गरेको बताउँछन्। ‘शक्तिमा रहनेलाई एउटा डर र सत्ताको घमण्ड हुन्छ। र कला सिर्जना अभिव्यक्तिलाई शंकुचन गर्नतर्फ लाग्छ। सरकारमा बसेर शक्तिमा छु भन्ने अनि अभिव्यक्तिलाई कुण्ठित गर्नु भनेको मिडियाप्रति पावर गयो भन्ने डर हो। यदि यसमा हामीले बहस गरिरह्यौँ भने जित्न सक्छौं,’ उनी भन्छन्। 

हाम्रो सामाजिक आवाजलाई सत्ताले आफूविरुद्धको षड्यन्त्र वा व्यक्तिगत इस्यु ठान्ने उनको तर्क छ। 

मानवअधिकारवादी चरण प्रसाई यसलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन सके सहज हुने बताउँछन्। कोही पनि अभिव्यक्तिबाट वञ्चित हुनु नहुने उनको मत छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्