धनकुटा- सहिदभूमि गाउँपालिका-२ स्थित इलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा बिहीबार एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सहिदभूमि गाउँपालिका-२ बस्ने ५० वर्षिय बेनुप्रसाद छारा राई रहेका छन्। अपराह्न ३ बजेतिर आगो निभाउने क्रममा पोलेर गम्भीर घाइते भएका उनको विराट नर्सिङहोम विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो।
आगलागीबाट उनको एकतले घर तथा गोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय छिन्ताङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।