काठमाडौं- उच्च अदालत पाटनले चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न आदेश दिएको छ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले यस्तो आदेश जारी गरेको हो। आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै उनीहरुले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश वनको इजलासले अर्को सुनुवाइ नभएसम्म निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ।
निर्वाचनमा आफूलाई पनि सहभागी गराउनुपर्ने भन्दै दुई फुटबल संघले एन्फालाई विपक्षी बनाएर बुधबार निषेधाज्ञा मुद्दा दायर गरेका थिए। उच्च अदालतले उनीहरुलाई समावेश नगर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न एन्फालाई भनेको छ।
उच्च अदालतले यो आदेशले एन्फाको निर्वाचन विवादमा पर्नुको साथै अन्यौलमा परेको छ।
चैत १४ गते हुने निर्वाचनमा एन्फाको अध्यक्षमा कर्मा छिरिङ लामा र मणि कुँवरले उम्मेदवारी दर्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।