विश्वको सबभन्दा धनी महिलाको हालै ९४ वर्षको उमेरमा निधन भयो । सौन्दर्य प्रशाधन बनाउने फ्रान्सको कम्पनी लरियलको मालिक रहेकी लिलियन बेटेनकोर्टको बिहीबार पेरिसस्थित निवासमा निधन भएको हो ।
उनको निधनसँगै अब संसारका धनी महिला को हुन् भन्ने विषय चासोमा छ।
लिलियन बेटेनकोर्ट
लिलियनको अनुमानित सम्पत्ति ४० अर्ब डलर थियो । फोर्ब्स पत्रिकाले २०१७ मा विश्वको धनाढ्य व्यक्तिको सूचीमा उनलाई १५ नम्बरमा राखेको थियो।
लिलियनको निधनपछि अब विश्वका धनी महिलाहरु को छन् त ? जानौं-
१. एलिस वाल्टन
यस वर्ष फोर्ब्स पत्रिकाको सूचीमा १७ नम्बरमा रहेकी एलिस लिलियनभन्दा तीन स्थान तल थिइन् । तर, अब उनी विश्वकै सबैभन्दा धनाढ्य महिला बनेकी छन्।
उनी अमेरिकाको सुपरमार्केट वलमार्टका संस्थापक सैम वाल्टनका एकमात्र पुत्री हुन् । ६७ वर्षीया उनको ३३.८ अर्ब डलर सम्पत्ति छ । आफ्नो भाइसँग मतभेद भएपछि उनी परिवारको कम्पनीबाट अलग भइन् र कलाप्रति ध्यान केन्द्रित गर्दै 'क्रिस्टल ब्रिजेस म्यूजियम अफ अमेरिकन आर्ट' को अध्यक्ष बनेकी थिइन्।
२. ज्याकलिन मार्स
फोर्ब्सको सूचीमा २६औं नम्बरमा रहेकी ७७ वर्षीया ज्याकलिनले चकलेट आफ्नो परिवारको कन्फेक्सनरी कम्पनीमा २० वर्षसम्म काम गरेकी थिइन् । सो कम्पनीको बोर्डमा उनी गत वर्षसम्म थिइन् । अहिले उनी वासिंटन नेसनल ओपेरा र नेसनल अर्काइभको बोर्डमा छिन् । उनको कुल सम्पत्ति २७ अर्ब डलर छ।
३. मारिया फ्रैन्का फिसलो
इटालीकी मारिया प्रसिद्ध चकलेट फरेरो रोशेबाट ख्याति कमाएका माइकल फरेरोका पत्नी हुन् । यो कम्पनी नटेला, किन्डर र टिक-टेक्स जस्ता चकलेट पनि बनाउने गर्छ, जसलाई उनको छोरा जियोवानीले रेखदेख गर्छन् । उनको सम्पत्ति २५.२ अर्ब डलर छ।
४. सुजैन क्लाटेन
जर्मनीकी ५५ वर्षीया सुजैनले परिवारजन बितेपछि परिवारको सम्पत्ति विरासतमा पाएकी हुन् । केमिकल कम्पनी अलटाना एजीको ५० प्रतिशत सम्पत्ति उनले पाएकी थिइन् । प्रसिद्ध कार निर्माता कम्पनी बिएमडब्ल्यूमा उनी र उनका भाइको करिब ५० प्रतिशत सेयर छ । उनको कुल सम्पत्ति २०.४ अर्ब डलर छ।
५. लरेन पावेल जब्स
विश्वको सर्वाधिक धनी पाँच महिलाभित्र पर्ने लरेन अमेरिकाो चर्चित कम्पनी एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी हुन् । उनी विश्वका धनाढ्यको सूचीमा ४०औं क्रममा छिन् । ५३ वर्षीया लरेनको सम्पत्ति २० अर्ब डलर छ । एप्पलमा उनको ०.७ प्रतिशत र डिज्नी कम्पनीमा ४ प्रतिशत सेयर छ।
बिबिसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।