काठमाडौं- पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
निमोनियाको उपचारका लागि श्रेष्ठलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा नै आज बिहान ५ बजे उनको निधन भएको हो।
निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।