काठमाडौं- आज सूर्योदयपश्चात् खण्डग्रास सूर्यग्रहण हुने भएको छ।
बिहान ८ बजेर ४३ मिनेटमा काठमाडौंमा सुरु हुने ग्रहण महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र बिहान ८ बजेर ४८ मिनेटमा पूर्वी नेपालको भद्रपुरमा सुरु हुनेछ।
सूर्यग्रहणमा सूर्यको ३९ प्रतिशत भाग छोपिने छ। सूर्यको भागहरू मुलुकको भू-भाग अनुसार फरक फरक छोपिने बीपी कोइराला प्लानेटोरियम अब्जरभेटरी एण्ड साइन्स म्युजिएम विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्मा बताउँछन्।
उनका अनुसार ग्रहण अवधिभर भद्रपुरमा सूर्यको भाग ३६ प्रतिशत मात्र छोपिनेछ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ।
सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा आँखामा समस्या हुने नेत्ररोग विशेषज्ञ बताउँछन्।
तर गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने मान्यता रहे पनि यसबाट बच्चामा कुनै असर नपर्ने वैज्ञानिकहरूले बताएका छन्।
पछिल्लो पटक सन् १९३५ मा पाँचपटक सूर्यग्रहण लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।