काठमाडौं- बलिउड अभिनेत्री कटरीना कैफले रिलिजको क्रममा रहेको फिल्म 'सूर्यवंशी'को सेटसँग क्रिसमस मनाएकी छन्।कटरीनाले आफ्नो इंस्टाग्राम अकाउन्टमा एक तस्बिर सेयर गरिन्, जसमा अभिनेता अक्षय र फिल्म मेकर रोहित शेट्टी पनि देखा परेका छन्।
अक्षय र रोहितको माझमा होन्डा बाइकको सामुन्य रहेकी करिनाले शीरमा रातो रङको टोपी पहिरिएकी छिन्। कटरीनाले तस्बिरको क्याप्सनमा लेखेकी छन्, 'सूर्यवंशीको टीमतर्फबाट सबैलाई मेरी क्रिसमस।'
सूर्यवंशी रोहिथतको कोप श्रृंखलाको चौथो फिल्म हो। यसअघि उनले सिंघम, सिंघम २ र सिंबा बनाइसकेका छन्। अक्षय रोहितकझ कोप सिरिजमा काम गर्ने तेस्रो अभिनेता हुन्। अजय देवगन र रणवीर सिंहले यसअघि उनीसँग काम गरिसकेका छन्।
सूर्यवंशीमा अक्षयको जबरजस्त एक्सन स्टन्ट गरेको देख्न सकिन्छ। यस फिल्ममा उनले एटीएस चीफको भूमिका खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।