काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारले गुमायो दुई तिहाइ, सत्ता साझेदार दल समाजवादी पार्टी र राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब बहुमत मात्र ।
२)सरकारको दुई तिहाई दम्भ सकिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइ, दुई बुँदे सहमतिबाट प्रधानमन्त्री ओली र नेकपा पछि हटेको आरोप ।
३)पाँच वर्षपछि भएको नेपाल नर्सिङ संघको निर्वाचन सम्पन्न, अन्तिम परिणाम बिहीबारसम्म आउने, नर्सिङका समस्या उठाउन सक्ने नेतृत्व आवश्यक भएको मतदाताको भनाइ ।
४)पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा लिग चरणको अन्तिम खेलमा विराटनगरको उत्कृष्ट ब्याटिङ, बुटवल ब्लास्टर ४ विकेटले पराजित, बाहिरियो काठमाडौं ।
५)र, धार्मिक स्वतन्त्रताको सवालमा पाकिस्तानसहित ९ देश दोस्रोपटक अमेरिकी कालोसूचीमा, अमेरिकाले भारतको सट्टा पाकिस्तानलाई कालो सूचीमा राखेको विदेश मन्त्रालयको भनाइ ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।