बुटवल- बुटवल उपमहानगरपालिकाले पनि बिहीबार नगरभित्रका सबै विद्यालयमा बिदा दिने भएको छ।
बिहीबार बिहान ८ः४२ देखि ११ः४१ बजेसम्म खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ।
वैज्ञानिक मान्यताअनुसार उक्त समयमा सूर्यबाट अल्ट्राभायोलेट किरण आउने भई आँखालाई हानी पुर्याउने हुँदा विद्यालयमा बिदा दिइएको उपमहानगरपालिकाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।