भैरहवा- तराईका जिल्लामा अत्याधिक चिसो बढेकाले रुपन्देहीका विभिन्न स्थानीय तहले विद्यालय बन्द गराएका छन्।
चिसोका कारण बालबालिकालाई विद्यालय आउन जान र अध्ययन गर्न समस्या परेपछि तिलोत्तमा नगरपालिकाले दुई दिनका लागि बिदा दिएको छ।
नगरपालिकाले विज्ञप्ति जारी गर्दै जाडो बिदाबाट कटौती हुने गरी बिदा गरिएको जनाएको छ।
यसअघि रोहिणी गाउँपालिकाले चिसोका कारण दुई दिन विद्यालय बन्द गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।