जनकपुर- धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
नातामा एकै परिवारमा बस्ने जेठाजु श्रीप्रसाद पञ्जियारले आफ्नै बुहारी रानीदेवि पञ्जियारमाथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
मिथिला नगरपालिका-३ बडहरीमा धारिलो हतियार प्रहार गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर रामकुमार यादवले जानकारी दिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको विराटनगरस्थित न्यूरो हस्पिटल उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।