नुवाकोट- नुवाकोट, विदुर नगरपालिका-७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर-७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो।
शङ्कर र उनका दुई साथी बिहान घुम्न निस्किएका थिए। काफ्लेका अनुसार घटना विदुर-१० स्थित तिरतिरे भीरनजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो।
नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए। तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए।
तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।
मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।