काठमाडौं- तुलसीपुर उपमहानगरपालिकाले सूर्यग्रहण परेकाले यही पुष १० गते सार्वजनिक बिदा दिने भएको छ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले तुलसीपुरका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्ने भएकाले सो समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो दिन सार्वजनिक रुपमा बिदा दिन लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगर-प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।