• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धरानका मेयरको अग्निपरीक्षा : सर्दु जलाधार बचाउने कि बेच्ने?

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  ०६:०४
1140x725

धरान- सर्दु जलाधार बचाउ अभियानका मुख्य अभियन्तासमेत रहेका धरान उपमहानगरका मेयर तिलक राईसामु थुप्रै चुनौती छन्। त्यसमध्ये पनि सर्दु जलाधारको संरक्षण सबैभन्दा ठुलो चुनौती हो। यसलाई माफियाबाट बचाउनु नै उनको अग्निपरीक्षाका रुपमा देखिएको छ।

स्थानीय नेताहरू नै माफियाको जालोमा फस्दै आएको बताउने उनी अहिले निर्णायक ठाउँमा पुगेका छन्। धेरै नेताहरूले सर्दु जलाधारमा आफ्नो जग्गा सुरक्षित गरिसकेको उनको आरोप थियो। भर्खरै सम्पन्न उपनिर्वाचनको घरदैलो अभियानमा पनि उनले सर्दु जलाधार बचाउन आफू प्रतिवद्ध रहेको बताउँदै आएका थिए।  

सट्टाभर्ना पाएको प्रमाण नपुगेको भन्दै सर्वोच्च अदालतले जिविसको आग्रहमा सर्दु जलाधारको रोक्का जग्गा २०६७ सालमा फुकुवा गरिदियो। जलाधार जोगाउने नाममा स्थानीय राजनीतिक दलका नेतृत्व, उपमहानगर र एनजिओकर्मीहरू लागिपरे। उनीहरू मिलेरै भूमाफियाको चाहनाअनुरुप नै धरान ४, छोटीमोरङस्थित जलाधार क्षेत्रको जग्गा बाँडफाँड गरियो। त्यसबेला पनि मेयर राई बाँडफाँडविरुद्धमै थिए। 

गैरकानुनीरुपमा भएको यो जग्गा बाँडफाँडमा जिल्ला वन, मालपोत, जिविस र नापी कार्यालयले समेत सहयोग गरे। २०७० वैशाख २३ र २७ गते भएको गोप्य सहमतिमा १२ बिघा १० कट्टा जग्गा  जग्गाधनी भनिएका भूमाफियाले उपभोग गर्ने र बाँकी राजमार्ग दक्षिणको २८ बिघा ३ कट्ठा जग्गा जलाधारका नाममा लगतकट्टा गर्ने उल्लेख गरिएको छ। जुन २८ बिघा ३ कट्ठा जग्गा भीरमा पर्छ।

उता सहमतिमा लगतकट्टा गर्न बाँकी रहेको जलाधारको सयौं बिघा जग्गाबारे भने केही उल्लेख छैन। दोस्रो संविधानसभाको चुनावको मुखमा माफिया र स्टेकहोल्डर्सबीच सहमति भएको थियो। त्यसबेला तत्कालीन नेकपा एमालेको पूर्ण सहमति भए पनि कांग्रेस र माओवादी केन्द्रमा भने खैलाबैला नै मच्चिएको थियो। 

जग्गा बाँडफाँड गराउन पूर्वजिविस उपसभापति एवं वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल)का निर्देशक वंशी मोक्तान र तत्कालीन उपमहागनरका कानुनी सल्लाहकार शिव भण्डारीले प्रमुख भूमिका खेलेका थिए। तत्कालीन उपमहानगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा, राजनीतिक संयन्त्रमा रहेका तत्कालीन कांग्रेसका सभापति किशोर राई, एमालेका अध्यक्ष तथा पर्व मेयर तारा सुब्बा र माओवादी केन्द्र संयोजक चोत्लुङसहित अन्य दलका नेताहरूले भूमाफियाअनुकूल जग्गा बाँडफाँडको निर्णयमा संलग्न भए। 

पछि मुद्दा जितेको भनिएकाहरूको कुन कित्ता कहाँ पर्छ भनेर नापी कार्यालयका सुरेन्द्र नलामीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेका थिए। उनकै प्रतिवेदनका आधारमा मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयसमेतको संलग्नतामा गैरकानुनी सहमतिलाई कार्यान्वयन गरिएको थियो।

जलाधारको जग्गा बाँडफाँड गर्नुअघि धरानका राजनीतिककर्मी, एनजिओकर्मी र समाजसेवीहरूले आन्दोलन गरे। पछि त्यही आन्दोलन भजाएर भूमाफियासँग ‘बार्गेनिङ’ गरी ४२ बिघा जमिन बाँडफाँड भयो। भूमाफियाहरू ४२ बिघा हकदाबी गर्दै सर्वोच्चमा गए पनि उनीहरूले छोटीमोरङ डाँडाको १२ बिघा जग्गामात्र कब्जा गर्ने रणनीति बनाएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

मेयर राईले भूमाफियासँग मिलेर राजनीतिक पार्टी र एनजिओकर्मीले जलाधार क्षेत्रको जग्गा व्यक्तिको नाममा दिने सहमति गरेको बताएका थिए। सहमतिमा संलग्न सरकारी कार्यालयहरूले आधिकारिक आफ्नो कार्यालयको लेटरप्याड प्रयोग नगरी विना दर्ताको समितिको लेटरप्याड प्रयोग गरेका छन्। धरान ४ लक्ष्मी सडक कार्यालय भनिएको यो समिति अझैसम्म कतै पनि दर्ता भएको छैन। 

राई तत्कालीन अवस्थामा दलीय संयन्त्रमा नभएकाले सहमतिमा उनको हस्तक्षर भने छैन। मेयर राईका अनुसार ४२ बिघा जग्गाको कित्ता कहाँ–कहाँ पर्छ कसैलाई थाहै थिएन। राजनीतिक दलका नेताहरूले प्रभावमा परेर मुद्दा जितिहाल्यो, मिल्नुपर्छ भन्न थाले। भूमाफियाको चंगुलमा फसेर नीतिगत भ्रष्टाचार भयो। तर अहिले पनि सर्दु जलाधार बचाउ अभियानमा निरन्तर लागिपरेकाले जग्गा फिर्ता लिएरै छाड्ने उनले बताए। 

 जलाधार बचाउ अभियन्ता एवं पुर्व उपमेयर कृष्णनारायण पलिखेका अनुसार सहमतिविरुद्ध पुनरावेदन अदालत विराटनगरमा रिट दर्ता भएको थियो। तर पेशीको समयमा हुलहुज्जत गरी वकिललाई बहसै गर्न नदिएपछि रिट खारेज भएको थियो। अहिले पलिखे संयोजक जनसरोकार मञ्च नेपालले दलीय सहमतिसँगै ४२ बिघा जग्गाको फैसलाबारे सार्वजनिक महत्वको बिषय भएकाले पुनः सर्वोच्च अदालतमा रिट हालेको छ। 

उक्त सहमतिपछि पनि वन मन्त्रालयका तत्कालीन सचिव शंकर अधिकारीले २०७२ असार १८ गते जलाधारको जग्गा रोक्का राख्ने र सट्टाभर्ना दिइसकेको जग्गाको लगतकट्टा गर्ने निर्णय गरेका थिए। तर, सचिवस्तरको यो निर्णयलाई तत्कालीन वनमन्त्री अग्नी सापकोटाको प्रस्तावमा २०७३ बैशाख १५ मा मन्त्रीस्तरीय निर्णय गरी उल्टाइयो। 

सर्वोच्च अदालतको फैसलासँगै धरानमा भएको राजनीतिक सहमतिलाई पनि ध्यान दिएर कार्यान्वयन गर्नु भन्ने वन मन्त्रालयको परिपत्रका आधारमा मालपोत कार्यालय धरानले जग्गा फुकुवा गरिदियो। सर्वोच्चको विभिन्न मितिको फैसला र फैसला कार्यान्वयन गर्नु भन्ने विभिन्न मितिको पत्र, वन तथा भूसंरक्षण मन्त्रालयले राजनीतिक सहमतिलाई पनि पालना गराउने भनेर पठाएको पत्रका आधारमा २०७३ पुस २७ गते छोटीमोरङ्गको १२ बिघा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भयो। अहिले त्यसैको आधारमा किनबेच भइरहेको छ। 

हालका मेयर राईले पुर्व मेयर तारा सुब्बालाई भूमाफियाको जग्गा लिएको सार्वजनिक रुपमै आरोप लगाउँदै आएका थिए। सुब्बाको मृत्यु भएपछि हाल उनै राई धरान उपमहानगरको मेयरमा निर्वाचित भएका छन्। राईका लागि सर्दु बचाउ अभियान अग्निपरीक्षा हुने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी बुधबार, असार ३, २०८३
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्