काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न शैक्षिक संस्थाहरुले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन्।
काठमाडौं विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौताको क्रममा प्रधानमन्त्री ओलीले भने,‘राजनीतिक संक्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौं। सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो संकल्प हो।’
सम्झौतामा शिक्षालाई समुदायमा पुर्याउन विभिन्न क्षेत्रहरुमा विकासका पूर्वाधारहरु निर्माण गर्ने उद्देश्य राखिएकोे छ।
ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौं विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठबीच बुधवबार काठमाडौंमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।