काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवा‚ सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।
सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराइदिन्छु भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट घुस वापतको रकम ७० हजार रुपैयाँ लिइसकेको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।