काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूत नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उनले चार देशका लागि राजदूत नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले चार देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।
उनले मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
यसैगरी अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्यूजिल्याण्डका लागि र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटालीको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।